September 23, 2017

दोस्रो दिनको खेल सँकिदा अष्ट्रेलिया ४८ रनले अघि

काठमाण्डौ, २२ फाल्गुन । भारत र अष्ट्रेलियाबीच जारी दोस्रो टेस्टको दोस्रो दिन समाप्त हुँदा अष्ट्रेलिया ४८ रनले अघि छ ।

भारतलाई पहिलो पारीमा १ सय ८९ रनमा रोकेको अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिदाँसम्म ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको छ । मैथ्यू वेड २५ र मिचेल स्टार्क १४ रन बनाएर क्रिजमा छन् ।

भारतलाई कम रनमा रोक्न अष्ट्रेलियाका स्पिनर नाथन लायन एक्लैले ५० रन खर्चेर ८ विकेट लिएका थिए । यो कुनै पनि बलरको भारत विरुद्ध उत्कृष्ट प्रदर्शन हो ।