October 24, 2017

दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ मा उम्मेदवारी दर्ता

काठमाण्डौ, ११ वैशाख । सरकारले जेठ ३१ गर्ने भनेकाे दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जेठ १९ गते उम्मेदवारी दर्ता  हुने जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले बताएको छ ।

सरकारले जेठ ३१ मा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हाे । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।