August 19, 2017

दोखलामा भूकम्पपीडित ६७ घरधुरीलाई तेस्रो किस्ता वितरण

काठमाण्डौ, ३ चैत्र । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गरेका छन् ।

भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण सुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तीव्रता पाएको हो ।

जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता बापतको एक लाख रुपैंया समेत वितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् ।

प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ ।

प्राधिकरणले दोस्रो किस्ता बापतको रकम जिल्ला पठाइसके पनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पूरा गरेका छैनन् ।