October 19, 2017

देश मधेस विखण्डन गर्ने कुरा अनावश्यक र अनर्गल–निधि

२४ माघ, धनुषा । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेस विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताएका छन् ।

उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको सोमबार जनकपुरधाममा उद्घाटन गर्दै यस्तो बताएका हुन । उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति रहेकाले सोप्रति सजग हुनु जरूरी भएको बताएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि, आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताए ।