October 23, 2017

देशलाई अराजकतातिर लैजाने सपना पूरा हुन्न–प्रचण्ड

काठमाण्डौ, ९ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टाएर देशलाई अराजकतातिर लैजाने  सपना पूरा हुन नदिने बताएका छन् ।
सोमबार काठमाडौमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार एकैपटक गर्ने गरी स्थानीय चुनावको मिति घोषणा तयारीमा रहेको समेत बताए । स्थानिय निर्वाचन पश्चात आगामी कात्तिक र मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन पनि एकैसाथ गर्न सकिने उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले संविधान संशोधन भएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने र संशोधन गर्नै हुँदैन भन्ने दुबै सोच अतिवाद भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले कुनै पनि किसिमको विखण्डनवाद स्वीकार्य नभएको भन्दै मधेस, पहाड र हिमाललाई जुटाउन र सहमतिमा ल्याउन मेहनत गर्नु राष्ट्रको हितमा छरहेको धारणा राखेका छन् ।
उनले कुनैपनि हालतमा संविधान कार्यान्वयन गराईछाड्ने भन्दै यसलाई उल्टाउने दिवा सपना पुरा हुन नदिईने ठोकुवा समेत गरेका छन् ।