October 18, 2017

देशको जनसंख्याभन्दा जस्टिन बिबरको ट्विटर फलोअर्स बढी

काठमाण्डौं, १८ फाल्गुन । युवापुस्ताका चर्चित गायक हुन्, जस्टिन बिबर । छाटो समयमा धेरै युवायुवतीको ढुकढुकीमा बस्न सफल यी गायक क्यानडाका हुन् ।

यिनै गायकले अहिले आएर विश्व किर्तिमान कायम गरेका छन् । अफिसियल डाटाको अनुसार क्यानडाको जनसंख्या सन् २०१५ मा ३.५ करोड थियो जहाँ अहिले उनलाई ट्विटरमा फलो गर्नेको संख्या ९.२ करोड छ ।

यसले गर्दा नै उनले ट्विटरमा धेरै फलोअर्स (पुरुष तर्फबाट) भएका कारण गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् ।