देउवा विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ, २० चैत्र । अदालतको अवेहलना भएको भन्दै नेपाली कांग्रेस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गत चैत १५ गते बसेको कंग्रेस केन्द्रिय समिति बैठकले प्रहरी महानिरिक्षक नियुक्ती प्रकरणमा कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको भनेर निर्णय गर्नु अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले रिट दायर गरेका हुन् ।

त्यस्तै रिटमा कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णय उपर चुनौती दिएर बोलेकाले कारबाही गर्न माग समेत गरिएको छ । सर्वोच्चले उक्त मुद्दाको पेशी मंगलबारका लागि तोकेको छ ।

रिटमा नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाइएको छ ।