Breaking News

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरेः योगेश भट्टराई

काठमाण्डौं, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले सौदाबाजी गरेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव भट्टराईले नयाँ सरकार गठनको लागि देउवाले मार्गप्रशस्त नगरेकाे र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न राेकेकाे भन्दै यस्ताे अाराेप लगाएका हुन् ।

उनले भने,‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गरे, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो ।

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारको भएपनि अहिलेकै सरकारले तोक्नेगरि दलहरुवीच नयाँ सहमति हुँदापनि यो सरकारले विलम्ब गरेकोमा आपत्ति जनाए । सचिव भट्टराईले न्याय दिने न्यायमुर्तीहरुले आफ्नो ईज्जत, नैतिकता र कर्तव्यको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उनिहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे ।

एमाले र माओवादी एउटै पार्टी भएर सरकारमा जान्छन्’ उनले थपे,‘त्यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, अब एकता चाँडै सम्पन्न हुन्छ।’ एकतापछिको पार्टी अध्यक्ष को बन्ने भन्नेबारे कुनै सहमति नभएकोले सबै कुरा सहमतिमै टुँगो लाग्ने उनको भनाई थियो

shares