देउवाले प्रधानमन्त्रीलाई भने निधिलाई दोस्रो मर्यादामै राखौं

काठमाण्डौ,१८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन ।

बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

देउवाले प्रधानमन्त्रीलाई पार्टीबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री विमलेन्द्र निधिलाई दास्रो रोलक्रममै राख्न आग्रह गरेको हुन । यो खबर आजको नागरिकमा दैनिकमा छ ।