June 28, 2017

देउवाले पार्टी एकलौटी ढंगले चलाएको पदाधिकारीहरुको आरोप

काठमाण्डौ, १४ फाल्गुन । नेपाली काँग्रेसका पदाधिकारीहरुले कार्यसमितिलाई पूर्णता दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा शनिबार बसेको असन्तुष्ट पक्षको बैठकले देउवाले कार्यसमितिलाई पूर्णता दिन नसकेको आरोप लगाए ।

पदाधिकारीहरुले सभापति देउवा विधान अनुसार चल्न नसकेकोमा असन्तुष्ट जनाएका छन् ।

पार्टी पदाधिकारीसँगै देउवाले ११ महिनामा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता समेत तोक्न नसकेकोमा कांग्रेस पदाधिकारीहरुको आपत्ती व्यक्त गरेका छन ।

असन्तुष्ट पक्षले हालै कांग्रेसका तर्फबाट राजदुतमा नियुक्तिका लागि सिफारिस गरेका नामदेखि पार्टीले यसअघि गरेका हरेक निर्णय एकलौटी ढंगले गर्ने गरेकाले देउवाको कडा आलोचना समेत गरेका छन् ।