August 19, 2017

दूरविनबाट किडनीकाे ढुङ्गा फुटाउने उपचार सेवा झापामा सुरु

पकंज शर्मा / झापा ९ बैशाख  । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले पहिलो पटक दुरविनबाट किड्नीमा देखापरेको ढुंगाको सफल उपचार दुरविनबाट गराएको छ ।
हस्पिटलले ५० लाख रुपैया लागतमा अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरेपछि एक जना विरामीको दुरविनबाट सफल उपचार गराएर सेवाको सुरुवात गरेको हो ।

चिरफार बिना प्वाल पारेर दुरविनबाट गरिने शल्यक्रियाको उपचार सुरु भएपछि झापा लगायत मेचीबासीलाई अन्यत्र धाउनु पर्ने बाध्यता टरेको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम)ले बताए ।

इण्डो युरोलोजि पद्धतीबाट गरिने उपचार बिरामीका लागि सहज र सरल हुने भएकोले यस्तो प्रविधिको जडान गरिएको पोखरेलको भनाई छ ।
हस्टिपलले मेचीनगर ८ सालबारी बस्ने ६२ बर्षिय नारायण थापाको उपचार दुरविनबाट गरेको हस्पिटलका कन्र्सलटेण्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिहले जानकारी दिए ।

यो प्रविधिबाट भएको उपचार ओमसाईमा पहिलो पटक भएको उनको भनाई छ । किडनीमा भेटिएको ढुंगाको उपचार गराएका थापाका अनुसार प्वाल पारेर दुरविनबाट गरिने उपचारले आफुलाई कुनै शारिरीक समस्या नभएको बताए । ‘म स्वस्थ्य मानिस जस्तै हिनडुल गर्न सक्छु, झापामै यस्तो अत्याधुनिक प्रविधियुक्त मेसिनबाट गरिने उपचारको सुरुवात भएकोले म जस्तै अन्य विरामीलाई पनि सहज हुनेमा आफु विश्वस्त र खुशी भएको जिकिर गरे ।