November 17, 2017

दुर्घटनामा चालककाे मृत्यु

दिनेश शर्मा
राजविराज, २९ फाल्गुन । आफैले चलाएको बस दुर्घटनामा पर्न लागेपछि हामफालेर ज्यान वचाउन खोज्दा बसले किचेर शनिवार लहानमा एक ब्यक्तिको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा शनिवार बिहान भएको बस दुर्घटनामा चालक मोरङको बिराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठकोको मृत्यु भएको हो।
मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नम्वरको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बसको चक्कामुनि परी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
बिहान करिव ५ बजे काठमाडौँबाट विराटनगर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट तल खसेको बसरका यात्रु भने सकुसल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ। यसैगरी सिराहा नगरपालिका–७ मा ज६प ९३०८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ कि २५ वर्षीया सरितादेवी साहको उपचारकै क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।