June 27, 2017

दुर्गा तिवारीको हत्यामा संलग्न सात जना पक्राउ

भैरहवा,१५ फाल्गुन । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेका सात जनालाई प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

हत्या अभियोगमा प्रहरीले देवदह नगरपालिका ६ का ३१ वर्षीय बसन्तबहादुर चापागाईं, तिलोत्तमा नगरपालिका १५ का २७ वर्षीय बुद्धिसागर यादव, २४ वर्षीय राजेश यादव, तिलोत्तमा ८ का ३३ वर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह ८ का २३ वर्षीय सागर थापा, धकधही ८ का २८ वर्षीय अगंद थारु र देवदहका २८ वर्षीय ऋषिश्वर कुमाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

तिवारी हत्यामा देवदह नगरपालिका ६ का २९ वर्षीय मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको गरेको छ । मनोज लगाएत सिद्धार्थ नगरपालिका १३ का ४० वर्षीय विकास भन्ने सोमबहादुर आले, वारा गडीमाई नगरपालिका १ का ३० वर्षीय श्याम गुरुङ, गोली प्रहार गर्ने सुटर बिस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ वर्षीय तुलबहादुर सिञ्जाली फरार रहेको प्रहरीले जानएको छ । युवा संघका अध्यक्ष तिवारीको गत पुस ४ गते हत्या भएको थियो ।

प्रहरीले अभियुक्तहरु योग गरेको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल र पेस्तोल समेत बरामद गरेको छ ।

फरार अभियुक्तलाई छिट्टै पक्राउ गरी सार्वजनिक गरिने रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले बताए ।