दुनियाँका रोचक जानकारीहरु जसबाट तपाई अनभिज्ञ हुन सक्नुहुन्छ

काठमाण्डौ, १५ फाल्गुन । यो दुँनिया रोचक तथ्य र जानकारीले भरिपूर्ण छ । हामीले प्रतिदिन केही नयाँ नयाँ तथ्यहरु थाहा पाए पनि त्यो पर्याप्त नहुन सक्छ । आउनुहोस् केही नयाँ तथ्यहरुसँग जानकार होऔं ।

ह्वाइट हाउसमा रहन पनि पैसा तिर्नुपर्छ, राष्ट्रपतिले हरेक महिना खाना र पानीको बिल बुझाउनुपर्छ ।
ब्राजिलमा कैदीले आफूले पढेका किताबको रिर्पोट बनाएर सजाय ४ दिन काम गर्न सक्छ ।
टाइम म्यागेजिनको पूरा रुप ‘द इन्टरनेशनल म्यागेजिन अफ इभेन्टस्’ हो ।
पनामा नहर बनाउँदा खेरि दुर्घटना र स्वास्थ्य समस्याबाट ५ हजारभन्दा बढि मान्छे मरेका थिए ।
इतिहासमा टाइटानिक मात्र यस्तो जहाज हो जुन हिमखण्डमा जुधेको कारणले डुब्यो ।
हर ८ अमेरिकी मध्ये १ जना म्याक्डोनाल्डमा काम गर्दछन् ।
इन्टरनेटमा ३७ प्रतिशत वेबसाइट अश्लिल छन् ।
कुनै फुटबल म्याचमा १४९–० अहिले सम्मकै सर्वाधिक स्कोर हो ।
विश्वको सबैभन्दा ठूलो मल चीनमा छ जुन ९९ प्रतिशत खाली छ ।
इजिप्टको पिरामिडमा काम गर्ने मजदुरलाई तलबको साटो प्रतिदिन ४ लिटर बियर दिइन्थ्यो ।