August 22, 2017

दुई सिरियाली चरमपन्थी जर्मनीको नियन्त्रणमा

काठमाण्डौ, १९ फाल्गुन । जर्मन प्रहरीले दुई सिरियाली नागरिकलाई चरमपन्थीको अभियोगमा नियन्त्रणमा लिएको छ । ती मध्ये एक युद्ध अपराधमा दर्जनौं नागरिकहरुको हत्या गर्ने अभियुक्त हुन् ।

संघीय अभियोजक कार्यालयको बयान अनुसार ३५ वर्षीय अब्दुलफताहले मार्च १३, २०१३ मा ३६ कामदारहरुको हत्या गरेर अपराध गरेको बताइएको छ ।

अर्का २६ वर्षीय अब्दुलरहमान पनि अब्दलफताहसँगै नोभेम्बर २०१३ मा सिरियाली सरकारको सेनाविरुद्धको हमलामा संलग्न रहेको बताइएको छ ।

यी दुईलाई बुधवार र बिहिवार प्रहरीले पक्राउ गरेको थियो । साथै तिनिहरुको अपार्टमेन्टमा पनि छापा मारेको छ । एपी