August 18, 2017

दुई मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाण्डौ, २६ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रचण्ड नेतृत्वको सरकारको उपप्रधान एवं स्थानीय विकास मन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको सपथ लिएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार साँझ पद तथा गोपनियताको सपथ गराएकी हुन् । थापा अघिल्लो सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए ।

बिहीबार साँझ नै राप्रपाका नेता दिलनाथ गिरीले पर्यटनमन्त्रीको सपथ ग्रहण गरेका छन् । राप्रपाका यसअघि दीपक बोहरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधारमन्त्री छन् । राप्रपाले परशुराम तामाङलाई पर्यटन राज्यमन्त्रीमा पठाएको छ ।