दुई चरणमै भए पनि जेठ भित्रै स्थानीय निकायको निर्वाचन हुन्छ : बलदेब

खग प्रसाद चापागाई/ कपिलवस्तु, २७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनैतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले दुई चरणमै भए पनि जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने बताएका छन ।

प्रेस सेन्टर नेपाल कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । सरकारले निर्वाचनको तयारी र वार्ता सँग–सँगै अगाडी बढाएको स्पष्ट पार्दै सहमति भएका बढिमा १५ दिन भित्र प्राविधिक विषय मिलाएर जेठ भित्रै स्थानीय निकायको निर्वाचन गरिने बताए ।

सरकार गठनकै बेला मधेसी मोर्चालाई वार्ता र सहमतिमा ल्याएर निर्वाचनमा जाने सहमति भएकाले आफुहरुले सहमतिका लागि अधिकतम प्रयत्न गरेको उनले स्पष्ट पारे ।

सिमाङ्कनका विषयमा अधिकार सम्पन्न आयोग बनाई अन्य विषयमा संविधान संशोधन गरि स्थानीय निर्वाचनका लागि सहमति बन्न सक्ने अवस्था रहेको उनले स्पष्ट पारे ।