दुइ दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो

 

सिन्धुली, १० फाल्गुन ।सडक पहिरो गएका कारण दुइ दिनदेखि अवरुद्ध बीपी राजमार्गमा मंगलबार बिहानबाट साना सवारी चल्न थालेका छन् ।सुनकोसी माथीको ३७ मिटर लम्बाइको बाटो पहिरो गएपछी आइतबारबाट सवारी साधन अवतजावत रोकिएको थियो ।

सडक भत्किएपछी पाँचवर्ष अघि सडक निर्माण गर्दा खोलिएको ट्रयाकलाई अस्थायी बाटोको रुपमा सञ्चालनमा ल्याइएको छ । अस्थायी सडक साघुरो भएकाले एकतर्फी गरेर संञ्चालन गरीएको प्रहरीले जनाएको छ ।

बाटोमा साना सवारीसाधन बाहेक अन्यलाई भने निषेध गरिएको छ । बीपी राजमार्ग भएर पूर्वी नेपाल, मध्य पहाडी लोकमार्ग, जनपुर अञ्चलका साना सबै जिल्लाका गरी दैनिक सयौं साना तथा ठूला सवारी साधन राजधानी आवतजावत गर्छन् ।