October 24, 2017

दिन दाहाडै सहकारीबाट ७ लाख लुटियो

कैलाली, २२ चैत्र । कैलालीको सत्तीबजारमा रहेको सत्ती कर्णली सामुदायिक सहकारी संस्थाबाट दिन दाहाडै ७ लाख रुपैयाँ लुटिएको छ ।

मंगलबार अपरान्ह ४ बजे माक्सलगाएर आएका ३ जनाको समूहले सहकारीमा प्रवेश गरी ७ लाख लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

बजारबाट पैसा संकनल गरी कार्यालयमा जम्मा गर्ने समयमा लुटपाट भएको छ । लुटेराको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।