October 19, 2017

दिगो ऊर्जा विकासका लागि मार्च २२–२३ मा क्षेत्रीय बैठकको आयोजना हुने

काठमाण्डौ, ४ चैत्र । एशिया– प्यासिफिक क्षेत्रको अतिकम विकसित राष्ट्रहरुमा कसरी ऊर्जाकाे दिगो विकास गर्न सकिन्छ भनेर होटल रेडिसनमा मार्च २२–२३ मा क्षेत्रीय बैठक हुँदैछ ।

संयुक्त राष्ट्रसंघको अतिकम विकसित राष्ट्रका लागि प्रतिनिधिमूलक संस्थाको सह–आयोजनामा यो बैठक हुन लागेको हो ।

त्यस्तै यो कार्यक्रममा नेपाल सरकारका साथै भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरुको संगठन र संयुक्त राष्ट्र संघको युएनडिपी को सहभागिता रहनेछ ।

विश्वका गरिब राष्ट्रहरुमा रहेका जनताहरुको दैनिक जीवनमा सहज ढंगले परिवर्तन ल्याउनका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

साथै ऊर्जाकाे दिगो विकासले स्वास्थ्य, शिक्षा लगायत नीजि क्षेत्र र उत्पादनमूलक व्यवसायका लागि प्रमुख भूमिका खेल्ने आयोजकको ठम्याई छ ।