August 17, 2017

समानुपातिक प्रतिनिधित्वलाई संविधानमा सुनिश्चित गर्न दलित समुदायको माग

काठमाण्डौ, १५ चैत्र । दलित सरोकारवालाहरुले संघीय प्रणालीका सबै तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई संविधानमा नै सुनिश्चित गर्न माग गरेका छन् ।

दलित अधिकार मञ्चको दोश्रो सम्मेलन अधि काठमाण्डौमा र्‍याली निकाल्दै उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले संघ प्रदेश र स्थानीय तहमा दलितहरुको समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

उनीहरुले दलितको अधिकारको रक्षाका लागि उपयुक्त निति आवश्यक रहेको बताएका छन् । काठमाण्डौको भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीले शहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।