June 27, 2017

सबै दलहरु एकै ठाँउमा आएमात्र परिवर्तन संस्थागत : पूर्व राष्ट्रपति

काठमाण्डौं, १ फाल्गुन । पूर्व राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले सँस्थागत गर्न नसकेको
बताएका छन ।
‘टोटल’ राष्ट्रिय मासिक पत्रिकाको आईतबार काठमाडौमा सार्वजनिक गर्दै उहाँले देशको परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेको बताए ।
राजनीतिक खिचातानीका कारण अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले देश अस्थिरतामा रहेको धारणा राखे ।
आफूले दुई / चार महिना कुरेर भए पनि सबैलाई समेटेर संविधान जारी गरौँ भन्दा दलहरुले नमानेको उल्लेख गर्दै सत्ताको खेलमा लागेर संविधान जारी गरेको पूर्व राष्ट्रपति यादवको धारणा थियो ।
मधेसको समस्या राष्ट्रिय समस्या भएको भन्दै अहिलेकै संविधानभित्र रहेर मधेसको समस्या समाधान गर्नुपर्ने यादवको भनाई थियो ।