June 23, 2017

दक्षिण चीन सागरमा युद्धक विमान सहित अमेरिकी गस्ती

काठमाण्डौ ८ फाल्गुन । दक्षिण चिनियाँ समुद्रमा अमेरिकाले नियमित अभियान भन्दै युद्धक विमानसहित गस्ती गरेको छ ।

बेइजिङको सम्प्रभुता र सुरक्षालाई चुनौति दिएको भन्दै चिनियाँ विदेश मन्त्रालयले चेतावनी दिएको भोलिपल्टै अमेरिकी पानी जहाज गस्तीमा लगाइएको छ ।

अमेरिकाले दुई वर्ष अघि पनि मलेसियाली नेभी र एअर फोर्ससँग अभ्यास गर्ने भन्दै आफ्नो विमान त्यस क्षेत्रमा लगेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीनलाई दक्षिणी चिनियाँ समुद्रको भूभाग लिनबाट आफूले रोक्ने बताएका थिए । (एजेन्सी)