October 24, 2017

दक्षिण कोरियाली मालवाहक पानी जहाज दक्षिण एटलान्टिक महासागरमा बेपत्ता

काठमाण्डौ, २० चैत्र । दक्षिण कोरियाली मालवाहक पानी जहाज दक्षिण एटलान्टिक महासागरमा बेपत्ता भएको छ ।

उक्त जहाजका चालकले २४ जना सवार जहाज गत शुक्रबार महासागरमा फसेको सूचना दिएका थिए । २ जना सकुशल भेटिएका छन् भने हराइरहेका अन्य २२ जनाको खोजी भइरहेको दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ ।

कोरियाले ब्राजिल र उरुग्वेसँग खोजी कार्यमा सहायताका लागि आग्रह समेत गरको छ । २ लाख ६० हजार टन क्षमताको जहाजमा १६ फिलिपिनी र ८ दक्षिण कोरियाली नागरिक सवार रहेका थिए ।

ब्राजिलबाट सामान भरेर उक्त जहाज दक्षिण कोरियाका लागि छुटेको थियो ।