October 19, 2017

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान जारी, १३ उम्मेद्वार चुनावी मैदानमा

काठमाण्डौं २६ बैशाख । दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि आज मतदान भैरहेको छ ।
भ्रष्टाचार आरोपमा राष्ट्रपति पार्क गुन हेलाइ पदबाट हटाएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । राष्ट्रपतिका लागि बिभिन्न पार्टीका १३ जना चुनावी मैदानमा उत्रिएका छन् । बामपन्थी उम्मेदवार मुन जे इन सबैभन्दा बलियो उम्मेदवार मानिएका छन् ।

मध्यमार्गी बिचारधारा बोक्ने आन चल सू ले मुन जेलाई कडा टक्कर दिने अनुमान गरिएको छ । उत्तर कोरियासंग दैनिक तनाव बढिरहेकाबेला दक्षिण कोरियाको नया“ नेतृत्वका विषयमा सबैको ध्यान तानेको छ ।

मुन जे इन उत्तर कोरियासंग सम्र्पक बढाउन चाहने नेता हुन् । पूर्व राष्ट्रपति पार्क गुन हेले उत्तर कोरियासंगको सबै प्रकारको सम्बन्ध समाप्त पारेका छन् ।