August 23, 2017

दक्षिण कोरियाकी पूर्व राष्ट्रपतिलाई आजीवन कारावासको सजाय हुनसक्ने

काठमाण्डौ, ४ वैशाख । दक्षिण कोरियामा अभियोजन पक्षले अपदस्थ राष्ट्रपति पार्क ग्युनको विरुद्ध भ्रष्टाचार गरेको गम्भिर आरोप लगाएको छ ।

उनले दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपतिको रुपमा सन् २०१३ देखि २०१७ सम्म कार्यभार सम्हालेकी थिइन् । यो मुद्दाले उनलाई आजीवन कारावासको सजाय पनि हुनसक्छ ।

ग्युनमाथि सत्तामा हुँदा सत्ताको दुरुपयोग गरेको, घुसखोरी र सरकारी गोपनीयताको उल्लंघन गरेको आरोप छ ।