थ्रेस होल्ड राणाकालीन राजनीतिको पुनरावृत भएको बिजुक्छेंको अाराेप

काठमाण्डौ, २६ चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राणाकालको राजनीतिलाई निरन्तरता दिन ठूला दलहरुले चालबाजीका साथ थ्रेस होल्ड ल्याएको बताएका छन् ।

नेपाल प्रध्यापक संघको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बिजुक्छेंले राणा कालको राजनीतिलाई निरन्तरता दिँदै सबै दलहरुलाई सरकारमा सामेल गरेर प्रतिपक्ष नै नराख्ने रणनीति अनुसार थ्रेस होल्ड लागू गर्न लागेकाे आरोप लगाए ।

थ्रेस होल्ड नेपालको हितअनुकुल नभएको भन्दै ठूला दलहरुको राजनीतिक चाललाई आफूहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा स्वीकार नर्गने बताए ।

कार्यक्रममा प्रध्यापक संघका अध्यक्ष सरोजराज गोसाँइले शिक्षा निःशुल्क रुपमा प्रदान गर्नु राज्यको दायित्व भएको र नेपालमा यसो हुन नसकेको भन्दै सरकारले निःशुल्क शिक्षा प्रदान तर्फ अग्रसर बन्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमा विभिन्न क्षेत्रका प्राज्ञिकवर्गहरुका साथै बुद्धिजीविहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।