August 16, 2017

थ्रेस होल्डको विरोधमा उत्रिए साना दल

काठमाण्डौ, १३ चैत्र । थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजनीतिक दलहरु एक भएका छन् ।

आईतबार काठमाण्डौमा संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुबीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ ।

पार्टीका संयोजक कमल प्रसाद चौलागाँईले निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उडाउने काम भएको भएको भन्दै भर्त्सना गरे ।

पार्टी एकिकरण कार्यक्रममा नेपालवादी पार्टीका अध्यक्ष जेएन घिमिरे, बहुजातीय समावेशी पार्टीका कार्यवाहक अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय पुर्नजागरण पार्टीका अध्यक्ष डिबी थापा, राष्ट्रिय मुक्ति आन्दोलनका सचिवालय सदस्य लक्ष्मिदक्त भट्ट लगायतका नेताहरूले थ्रेस होल्डको बिरोध गरेका थिए ।