August 22, 2017

थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्रबैकले निकाल्यो उपाय

काठमाण्डौ, १० फाल्गुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत थुप्रिएको पैसा व्यवस्थापनका उपाय अघि सारेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा कार्यक्रम मार्फत अटो लोनमा कटौती लगायतका ११ वटा उपाय सार्वजनिक गरेका छन् ।

गभर्नर डा. नेपालका अनुसार अब निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्नेछन् । तर सार्वजनिक प्रयोजनका सवारी साधन तथा विकास निर्माणमा प्रयोग हुने सवारी सधानमा भने त्यस्तो सिमा तोकिने छैन् ।

त्यस्तै बजारमा तरलता अभाव भएसँगै ब्याजदरमा भैरहेको उच्च वृद्धिलाई रोक्न कल डिपोजिटमा दिने ब्याजदरको पनि सिमा तोकिएको छ । ओभर ड्राफ्टको सिमालाई एक करोडबाट घटाएर ७५ लाखमा सिमित गरिएको छ ।

२५ वटा गैर सरकारी संस्थालाई लघु वित्त कम्पनीका रुपमा स्थापित गर्नका लागि कानुनी जटिलता फुकाउने पनि मौद्रिक नीतिको मध्यावधी समीक्षामा उल्लेख गरिएको गभर्नर नेपालले जानकारी दिएका छन् ।

ओभरड्राफ्ट लगायतका रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा १ करोडबाट हाल ७५ लाख कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । उपयोग गरिरहेका त्यस्ता कर्जाका हकमा २०७४ असार मसान्तभित्र उक्त सीमामा ल्याईसक्नु पर्नेछ ।