October 24, 2017

तोकिएको समयमा निर्वाचन हुन्छ : देउवा

काठमाण्डौ, ७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमै तोकिएको समयमा तीनै तहकोे निर्वाचनको हुने बताएका छन् ।

स्वर्गीय गिरिजा प्रसाद कोईरालाको सातौं स्मिृति दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले अब राजनीतिक दलहरुको सहमतिमै निर्वाचन हुने बताए ।

उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्दै निर्वाचन निष्पक्ष हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

देउवाले तोकिएकै मितिमा निष्पक्ष र धांधली रहित स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न समेत आग्रह गरे ।