October 17, 2017

तोकिएकै समयमा निर्वाचन हुनेमा सञ्चारमन्त्री ढुक्क

भक्तपुर, ४ चैत्र । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने बताएका छन् ।

उनले मोर्चा बिना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहे पनि आशावादी हुन सबैमा आग्रह गर्दै उनले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

मधेशी मोर्चा र सरकारबीच निरन्तर सम्वादमा रहेकाले छिटौ मोर्चा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । संविधान भन्दा टाढा कोही नभएको र मेधशी मोर्चा पनि संविधानको पक्ष विपक्षमा आएको बताउँदै सबै दलहरु संविधानको परिधिभित्र बाँधिएकाले सबै राजनीतिक दलहरु निर्वाचनको पक्षमा रहेको बताए ।

देशका अधिकांश क्षेत्रमा निर्वाचन भएपनि मधेसका केहि ठाउँमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने उनले बताए । देशका सबै गाउँपालिका, नगरपालिकामा निर्वाचनको बातावरण बनिरहेको र दलका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भई निर्वाचनको माहोल सिर्जना गर्न लागिपरेकाले देश निर्वाचनमय भइसकेको उनले दाबी गरे ।