October 22, 2017

तोकिएकै समयमा निर्वाचन गर्न प्रमुख दलहरु प्रतिबद्ध, मधेशी मोर्चालाई मनाउने प्रयास जारी

काठमाण्डौ ८ चैत्र । प्रमुख दलहरुले बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्ने प्रतिबद्धता जनाएका छन । बिभिन्न चरणमा भएका औपचारिक,अनौपचारिक छलफल र वार्तामा दलहरुले बैशाख ३१ गतेको मिति घर्किन दिन नहुने बताएका हुन ।

यसका लागि मधेशी मोर्चालाइ मनाउने प्रयास पनि दलहरुले जारी राखेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमा तोकिएकै समयमा तीनै तहकोे निर्वाचन हुने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले निर्वाचन कसैले चाहेर रोक्न नसक्ने बताए । उहा“ले निर्वाचन निष्पक्ष हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

सभापति देउवाले आफ्ना कार्यकर्तालाई चुनावका तयारीमा लाग्न निर्देशनसमेत दिएका छन ।