October 20, 2017

तेस्रो राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्री रिफ्रेसर कोर्स सुरु

काठमाण्डौ, २५ चैत्र । तेस्रो राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्री रिफ्रेसर कोर्स तथा प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनार शुक्रबारबाट ललितपुरको सातदोबाटो स्थित लुम्बिनी कबर्ड हलमा सुरु भएको छ ।

दुई दिन सम्म चल्ने समिनारको उद्घाटन पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गरेका हुन् । उनले रेफ्री बुक चिफ कोचलाई दिएर कार्यक्रमको शुरुवात गरेका थिए ।

कार्यक्रम शिव कोइरालाको सभापतित्वका सञ्चलन भएको थियो । कार्यक्रममा ९ डन ग्राण्ड मास्टर चुल याङ्ग र मास्टर जियोङ रेयल हा प्रमुख अतिथिको रहेका थिए ।
कार्यक्रममा विशेष अतिथिद्वयले १० जनालाई छात्रवृत्ति पनि प्रदान गरेका छ । साथै नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपूर्ण योगदान दिएका शिव कोइराला, एकनाथ थापा, हरि बहादुर बुढाथोकी र राज कुमारकार्की कोरियन प्रशिक्षकद्वयबाट सम्मानित भएका छन् । उक्त कार्यक्रममा प्रशिक्षक सहित १५१ जना सहभागिता रहेको छ ।