June 26, 2017

तेस्रो अन्तर दोहोरी साझ प्रतियोगिता फागुन १२ देखि १६ गतेसम्म हुने

 

काठमाण्डौ ६ फाल्गुन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यही फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साझ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौंमा शुक्रलबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले लोक संस्कृतिको सम्बर्धन र भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नया“ प्रतिभालाई प्रोत्साहन दिन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

 

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिनुभयो ।