तेमाल जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्नुपने सांसद फूँयालकाे माग

काठमाण्डौ, १६ चैत्र । सांसद रामेश्वर फूँयालले बाैद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् ।

काठमाण्डौ क्षेत्र नं. ३ का जनप्रतिनिधिले बुधबार काठमाण्डौमा गरेको अन्तक्र्रियामा सांसद फूँयालले यस्तो माग गरेका हुन् । एमालेका नेता समेत रहेका फूँयालले पशुपति क्षेत्र विकास कोषको स्थापना जस्तै बाैद्धनाथ विकास कोषको स्थापना गर्नुु पर्ने माग पनि गरेका छन् ।

राष्ट्रिय पर्व बाैद्ध तेमाल जात्राको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्नको लागि सरकारले व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानवशास्त्री डा. मुक्तिसिंह लामाले वौद्ध तेमाल जात्रा नेपालको सबैभन्दा ठूलो जात्रा भएको भन्दै यसको संरक्षणमा जोड दिनु पर्ने बताएका छन् ।