August 23, 2017

तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न

कास्की, १६ चैत्र । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न भएको हो । दुई दिने कोर्समा रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागिता रहेको थियो ।

कोर्स विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो । कोर्समा ग्यरोगीतर्फका कुल ७० निर्णायकको सहभागिता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ५१ र रिफ्रेसरका लागि १९ निर्णायकको सहभागिता रहेको थियो ।

समापनको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले कोर्समा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरे ।

संघका महासचिव गुरुङले तेक्वान्दो खेल विकासमा कोर्सले एउटा महत्वपुर्ण इटृा थप्ने धारणा व्यक्त गरे । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटिका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए ।

नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतिका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भूमिका खेल्ने संघका निर्णायक कमिटिका संयोजक नविन कुमार श्रेष्ठले बताए ।