October 19, 2017

तेक्वान्दो प्रशिक्षक कविराज नेगी सम्मानित

काठमाडौं, १४ फाल्गुन । तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । शनिबार जोरपाटीस्थीत आयोजित एक कार्यक्रममा रिभेरा स्कुलले प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

अविभावक दिवसको अवसरमा विद्यालयले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै प्रशिक्षक लामालाई सम्मान पत्रद्धारा सम्मान गर्यो । विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले प्रशिक्षक लामालाई खादा लगाई सम्मानपत्र प्रदान गरे ।

विभिन्न डोजाङ र विद्यालयबाट कयौँ उत्कृष्ट तेक्वान्दो खेलाडी उत्पादन गर्नुका साथै देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन खेलक्षेत्रको माध्यमबाट योगदान पुर्याएकाले सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
विद्यालयमा पनि ७ वर्षसम्म तेक्वान्दो प्रशिक्षकको रुपमा रहदै १७ जना ब्लाक बेल्ट तेक्वान्दो खेलाडी उत्पादन गुर्नका साथै विद्यालयका खेलाडीलाई अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागीता गराउन सफल भएकोमा नेगीलाई सम्मान गरिएको थियो । यसैविच प्रशिक्षक नेगी अन्र्तराष्ट्रिय इन्स्ट्रक्टर समेत हुन सफल भए ।

सन् २०१६ को नोभेम्बर १६ देखि २० मा क्यानडाको बर्नावेमा सम्पन्न विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा रिभेराका दुई खेलाडी सहभागी भएका थिए । जसमा ६४ केजीमुनि दिवस घिसिङ र ५४ केजीमुनि लाक्पा ग्याल्बु शेर्पाले सहभागीता जनाएका थिए । उनि पारा तेक्वान्दो खेल विकासमा पनि सक्रिय छन् ।