तिन दिने घुम्ति योग शिविर सम्पन्न

काठमाण्डौ २७ चैत्र । सिरु योग साधना केन्द्र धन्सार सिरुटार, भक्तपुरको आयोजनामा तिन दिने घुम्ति योग शिविर सम्पन्न भएको छ ।
योगको माध्यमबाट आफु निरोगी भै परिवार समाज र राष्ट्रलाई निरोगी बनाउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले बताएको छ ।
नवलपरासिको त्रिवेणी धाम , कपिलवस्तुको लुम्विनी र प्युठानको स्वर्गद्वारिमा शिविरको आयोजना गरिएको थियो ।
पतन्जलि योग सुर्य विनायक नगर योग समितिका अध्यक्ष रत्नलाल श्रेष्ठ , युवा प्रभारी दिवाकर सिलवाल , बालकोट योग साधना केन्द्रकी संयोजक सुमित्रा खनाल र सचिव बाबुकाजि श्रेष्ठले भ्रमणमा गएका सम्पुर्ण योग साधक —साधिकाहरुलाई योग अभ्यास गराएका थिए ।