November 18, 2017

तालतलैयामा वर्डफ्लु रहेको पुष्टि भएपछि पर्यटक प्रवेशमा कडाई

अमर काफ्ले

सुनसरी, २६ फाल्गुन । इटहरीमा रहेको पर्यटकीय क्षेत्र तालतलैयामा संरक्षित पंक्षिहरुमा वर्डफ्लु रहेको पुष्टि भएपछि आसपासका क्षेत्रमा समेत सर्तकता अपनाउन थालिएको छ ।

एकसाता यता तालतलैयामा पर्यटकको आर्कषणका लागि राखिएका पंक्षिहरु मर्न थालेपछि नमूना संकलनका क्रममा वर्डफ्लु रहेको पुष्टि भएपछि सो आसपासका क्षेत्रमा जिल्ला पशु सेवा कार्यालय सुनसरीले निगरानी र सर्तकता बढाइएको छ ।

तालतलैयामा पर्यटन प्रवद्धनका लागि संरक्षित गरि राखिएका हुचिल देखि लिएर अन्य पंक्षीहरु वर्डफ्लुका कारण मरेपछि सम्वन्धित क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवेशमा कडाई गरेको छ ।

वर्डफ्लुका कारण उल्लु, गिद्ध, हाँस, मयुर, लगायतका सवै संरक्षित पंक्षी र बनढाडे समेत मरेको तालतलैया संरक्षण समितिले जनाएको छ ।

पुर्वी नेपालको पर्यटकिय क्षेत्रका रुपमा परिचित तालतलैया क्षेत्रमा मुलुकका विभिन्न ठाउँका साथै छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरु घुम्न आउने गरेका छन् ।