‘तारक मेहताका उल्टा चश्मा’ का लेखकको निधन

काठमाण्डौ, १८ फाल्गुन । भारतीय टीभि सिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का लेखको ८७ बर्षको उमेरमा निधन भएको छ ।

सिरियल लेखक तारक मेहतालाइ भारत सरकारले बर्ष २०१५ मा  पद्ममश्री पुरस्कार बाट सम्मनित  गरेको थियो । यो भारतको ठूलो पुरस्कार हो ।

लामो समयदेखि बिरामी रहेका उनको उनको बुधबार निधन भएको हो । उनले लेखेको टीभि सिरिएल ‘तारक मेहताका उल्टा चश्मा’ भारतमा सबै भन्दा बढि चलेको सिरियल हो ।

मेहताले करिब ८० किताब र धेरै गुजराती भाषाका नाटकहरु पनि लेखेका छन् । उनलाई सन् २०१५ मा पद्ममश्री पुरस्कार बाट सम्मानित गरिएको थियो ।