June 27, 2017

तपाई पनि यसरी बस्नु हुन्छ ?

काठमाण्डौ, २२ फाल्गुन । जसरी समाज आधुनिकतातिर बढिरहेको छ त्यसरी नै हाम्रो विभिन्न आचरण, व्यवहार, लवाईखवाईमा पनि परिवर्तन आएको छ ।

हामी स्वास्थ्यलाई लिएर एकदमै चिन्तित हुने गर्दछौं । हामी मध्ये कतिपयलाई खुट्टा क्रस गरेर बस्न बानी परेको हुन्छ । हामीलाई यसरी बस्न नै सजिलो भएको महसुस हुन्छ ।

तर बारम्बार वा लामो समयसम्म त्यसरी बस्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यसरी बस्दा हाम्रो शरीर प्राकृतिक शैलीमा रहँदैन र जसले गर्दा धेरै प्रकारका समस्याहरु देखिन सक्छ ।

यसरी बस्दा हुने ५ हानी बारे तल चर्चा गरौं –

१. लामो समयसम्म खुट्टा क्रस गरेर बस्दा हाम्रो शरीर वास्तविक आकारमा रहँदैन । यसले गर्दा ढाडको पछाडि दुख्न थाल्छ ।

२. यसरी बस्दा खुट्टाको नशा दबिन्छ । यसले गर्दा रगत खुट्टातिर नगई मुटुतिर नै फर्किन्छ । यसले मुटुमा नराम्रो असर पर्दछ ।

३. लामो समयसम्म यस्तो आसनमा बस्दा पेल्विक बोनमा दुःख्छ र अरु समस्या पनि देखिन सक्छ ।

४. खुट्टा क्रस गरेर बस्दा खुट्टामा रहेको माकुरे नशामा रगत जम्न थाल्दछ । यसो हुँदा दुख्ने र खुट्टामा समस्या देखिन्छ ।

५. लामो समयसम्म यस्तो आसनमा बस्दा खुट्टको नशामा दबाब पर्न जान्छ । यसले गर्दा बिस्तारै बिस्तारै खराबपना पनि हुन सक्छ ।