October 19, 2017

तपाईलाई ग्यासको समस्या छ ? त्यसो भए यो प्रक्रिया अपनाउनुहोस्–

काठमाण्डौ, १० चैत्र । अनियमित जीवनशैली र अस्वस्थ खानपानले गर्दा हाम्रो शरीरमा अपचको मात्रा बढ्दछ र यो ग्यासको रुपमा परिणत हुन्छ ।

यसबाट छुटकारा पाउनका लागि दैनिक कसरतका साथै आफ्नो खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

केही यस्ता न्युट्रियन्स हुने गर्दछ जसले ग्यास्ट्रिकलाई छोटो समयमा नै ठीक पार्ने गर्दछ । ती न्युट्रियन्सयुक्त चीजहरु निम्नानुसार छन्–

१. अलैचीः अलैची खानाले ग्यासको समस्या छिटै नै समाप्त हुने गर्दछ । यसमा हुने तत्वले मानिसलाई आरामको महशुस हुन्छ ।

२. कालो मरिचः कालो मरिच पनि हाम्रो स्वास्थ्यको हरेक पक्षमा उपयोगी हुने गर्दछ । यसलाई खानाले म्युकस र ग्यास्ट्रिक विरुद्ध लड्ने क्षमता प्राप्त हुन्छ ।

 

 

३. लस्सीः लस्सी सुन्दा सामान्यजस्तो लागे पनि यसको धेरै महत्व पनि छ । यसमा भएको लैक्टिक एसिडले वायु विकार दूर गर्न सहयोग गर्दछ ।

 

४. सुपः सुप विशेषगरी खाने वस्तुमा प्रयोग गरिन्छ । सुप खानाले एसिडको मात्रालाई सन्तुलित राख्छ ।

 

५. अदुवाः अदुवा धेरै काममा प्रयोग हुन्छ । यौन क्षमता बढाउनका साथै पाचन प्रक्रियालाई पनि सहयोग पुर्‍याउँछ ।

६. कागतीः कागतीले हामी लाई स्फूर्ति जगाउन मद्दत गर्दछ । यसमा भएको साइट्रिक एसिडले ग्यास र कब्जियत निखार्न सहयोग गर्दछ ।

 

 

७. भुईकटरः भुईकटरमा भएको फाइबर तत्वले पाचन क्रियालाई सहयोग गर्दछ र साथसाथै वायु विकार पनि हटाउन सकिन्छ ।

 

८. पुदिनाः पुदिनालाई अचारको रुपमा प्रयोग गर्ने गरिन्छ । यसमा मिथाइल तत्व हुन्छ जसले ग्यास र पेटमा भएको खराब तत्वलाई हटाउन मद्दत गर्दछ ।

९. बिरे नुनः बिरे नुन हामीले सधैं प्रयोग गर्ने नुनभन्दा फरक छ । स्वादमा उस्तै भएपनि बिरे नुनमा सोडियम क्लोराइड र फेरिक अक्साइडले गर्दा ग्यास र पेटमा भएको समस्यामा निखार ल्याउने काम गर्दछ ।

१०. अमलाः अमला पनि पेटमा हुने समस्या विरुद्ध खरो रुपमा उत्रन सक्छ । यसमा भएको फाइबर तत्वले पेटमा हुने विकारलाई खत्तम गरिदिन्छ ।