September 21, 2017

डोलेश्वर महादेव मन्दिरमा भोलीबाट ३८ दिने श्रावणी मेला सुरु हुदै, यस्तो छ तयारी

भक्तपुर, ३१ असार । धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ ।

मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले  बताएका छन ।

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको छ ।

यो बर्षको मेलामा २० लाखबढी भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै दर्शन गर्ने छन् । गत बर्षपनि यतिकै हाराहारीमा भक्तजनहरु आएका थिए ।

अहिलेको मेलामा २ करोड बराबरको रकम संकलन हुने र उक्त रकम मन्दिर निर्माण तथा व्यवस्थापनमै खर्च गरिने छ । भोलि श्रावण १ गते विहान ७ बजे चन्द्रविनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिने छ ।

गत बर्ष लगाईएको मेलाबाट संकलन भएको १ करोड रुपैयाँ अहिले डोलेश्वर परिसरमा रहेको मुख्य लगायतका सहायक मन्दिर र अन्य भवनहरु निर्माणको काम भैरहेको छ । यो मन्दिर उपत्यकाकै धार्मिक तथा ऐतिहासिक मन्दिरका रुपमा रहेको छ । यहाँ हरेक सोमबार बिशेष पुजा गरिदैं आईरहेको छ ।