April 24, 2017

डीपीएल उपाधिका लागि धनगढी टीम चौराहा र विराटनगर किंग्स भिड्ने

काठमाण्डौ, ७ वैशाख । धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि धनगढी टीम चौराहा र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेञ्जर्समाथि ९२ रनको जित निकाल्दै धनगढीले विराटनगरसँगको भेट पक्का गरेको हो । १ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलव २ ओभरमा ८० रनमा समेटिएको हो । उसका लागि राजेश पुलामी र कृष्ण कार्कीले समान १४–१४ तथा पुष्प थापाले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

रुपन्देहीलाई कम रनमै समेट्न धनगढीका ललित राजवंशी र सौरभ खनालले समान ३—३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

धनगढीका लागि कप्तान पारस खड्काले अविजित ६७ रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै राजु रिजालले २५ तथा सौरभ खनालले २४ रन बनाए । बलिङतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *