May 23, 2017

डिपिएल अन्तर्गत प्लेअफका खेलहरु भोलिबाट

काठमाण्डौ, ५ वैशाख । धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट अन्तर्गत प्लेअफका खेलहरु भोलि बुधवार देखि सुरु हुँदैछ ।

प्लेअफका लागि रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्स, काठमाण्डौ गोल्डेन्स् र टिम चौरहा धनगढी छनोट भएका छन् । प्लेअफ अन्र्तगत फाइनल प्रवेशका लागि भोलि पहिलो स्थानको रुपन्देही र दोश्रो स्थानको विराटनगरबीच क्वालिफायर खेल हुनेछ ।

त्यस्तै, प्लेअफ अन्तर्गत एलिमिनेटर खेलमा भोलि नै तेश्रो स्थानको काठमाण्डौ र धनगढी भिड्ने छन् । एलिमिनेटर खेलको विजेताले फाइनलमा स्थान बनाउन क्वालिफायर खेलको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताको फाइनल खेल भने ९ गते हुनेछ ।