October 22, 2017

डिजिटल प्रणालीसँगै राजस्व बढ्ने

काठमाण्डौ,२७ चैत्र । सरकारले आगामी वैशाख १५ गतेसम्म महानगरपालिका ,कात्तिक १५ सम्म बाँकी उपमहानगरपालिका तथा नगरपालिका र २०७५ वैशाख १५ सम्म देशभर डिजिटल प्रणालि लागू गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गर्दै एनालग प्रविधिमा रहेका केबल टेलिभिजनलाई फेजआउट गर्दै डिजिटल प्रणालीमा लैजान बाध्यकारी व्यवस्था गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हाल मूलुकभर ८ सय ७५ एनालग प्रविधि का केबल टेलिभिजन सञ्चालनमा रहेका छन । विद्यमान एनालग प्रविधिमा आधारित केबुल टेलिभिजन प्रशारणलार्ई डिजिटलमा लगिए सरकारले राजस्वमा वृध्दि हुने अपेक्षा गरिएको हो । यो खबर आजको अभियान दैनिकमा छ ।