October 18, 2017

डिएपी विरुद्ध महिला प्रहरी जवानले हालिन दुव्र्यवहारको उजुरी

काठमाण्डौ, २४ चैत्र । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी जवानले हाकिमले दुव्र्यवहार गरेको आरोप लगाएकी छन । इलाका प्रहरी कार्यालय नौमुले दरबन्दी भई हाल जिप्रकामा कार्यरत रेखा कुँवरले म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी केदार रजौरेले दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग राखी उजुरी दिएकी छिन ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेललाई बोधार्थ सहित भेरी अञ्चल प्रहरी प्रमुखको कार्यालयमा उजुरी दिएकी छिन । उजुरीमाथि कुनै छानबिन नभएको उनले गुनासो पोखिन । ‘डिएसपीले सार्वजनिक स्थलमा चुल्ठो समाएर घुचुक्कमा हातले हिर्काएर अपमान गर्नुभो । मेरो कुनै गल्ती थिएन । हाकिम हुँदैमा म माथि हात हाल्नुपर्ने कुनै कारण थिएन’ उजुरीमा उल्लेख गर्दै भनेकी छिन, ‘कर्तव्य पालनाका सिलसिलामा कुनै गल्ती भए कार्यालयमा बोलाई सजाय दिनुपर्नेमा सार्वजनिक स्थलमा कुटपिट गरी पदीय आचरण विपरीतको काम गरेकाले डिएपी उपर कारबाहीको माग गर्दछु’ रेखाका सहकर्र्मी महिला प्रहरीहरुले उजुरीमाथि छानबिन गर्नुको साटो विभाग उल्टै दोषी हाकिमको बचाउमा लागेको भन्दै आपत्ति जनाएका छन । जिप्रकामा कार्यरत अन्य महिला प्रहरीहरुले डिएसपीको व्यवहारबाट आफूहरु आजित भएको गुनासो गरेका छन ।