August 19, 2017

डा. बाबुराम भट्टराई लगायत नयाँ शक्तिका दर्जन बढी नेता पक्राउ

काठमाडौ २० चैत । दलिय चुनाव चिन्हबाटै स्थानिय चुनावमा प्रतिस्पर्धाको माग राख्दै निर्वाचन अयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

डा. भट्टराईसँगै नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल, नयाँ शक्तिका नेता तथा साँसद गंगा चौधरीलाई लगायत दर्जन बढी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । पक्राउ परेका सबैलाई नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।