August 19, 2017

डा. बाबुराम भट्टराई भन्छन ‘तीनवटै निर्वाचन एकैपटक गरौँ

काठमाडौं,१७ फाल्गुन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केन्द्र–प्रदेश–स्थानीय तहको तीनवटै निर्वाचन एकैपटक गर्नु उपयुक्त हुने बताएका छन ।

नयाँ शक्ति पार्टीले मंगलबार  विभिन्न राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले
निर्वाचन खर्च र छ समय सीमाकको  अवस्थालाइ हेरेर एकैपटक तीनवटै निर्वाचन गर्दा उपयुक्त हुने  बताए ।
एउटा निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष २० अर्ब रुपिया भन्दा धेरै खर्च हुने भएकाले खर्च कम गर्न र आगामी २०७४ माघ ७ गतेसम्ममा सबै निर्वाचन गरिसक्न तीनवटै निर्वाचन एकैसाथ गर्नु उपयुक्त र व्यवहारिक हुने डा. भट्टराईको  तर्क छ ।

उनले देशको राजनीति जटिल अवस्थामा पुगेकोले त्यसको समाधानका लागि सरकारलाई गम्भीर भएर इमान्दारीतापूर्वक निर्वाचनको वातावरण बनाउन आव्हान गर्दै आफूहरुको चाहना देशव्यापी रुपमा तोकिएकै समयसीमाभित्र सबै निर्वाचन सम्पन्न होस् भन्ने रहेको बताए।

अन्तरक्रिया कार्यक्रममा संविधानविद् दमननाथ ढुंगानाले चुनाव द्वन्द्वको अर्को कारण बन्नु नहुने बताउँदै सबैलाई समेटेर चुनाव गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, विधायक सुरेन्द्र चौधरी, अधिकारकर्मी स्टेला तामाङ, विश्लेषक तुला नारायण शाह, नागरिक अगुवा मल्ल के सुन्दर, लुम्बुवानसम्बद्ध मोर्चाका नेता कुमार लिङ्देन, नेपाली कांग्रेसका नेता एन पी साउद, नागरिक अगुवा डा. सुन्दरमणि दिक्षीत, कलाकार जितु नेपाल, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, एमाले नेत डा. विजय पौडेललगायतले धारणा राखेका थिए।