August 16, 2017

डा. गोविन्द पोखरेलले भने- ‘यस्तो ताल हाे भने प्राधिकरण खारेज गरे हुन्छ’

काठमाण्डौ, ९ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सीईओ डा. गोविन्दराज पोखरेलले  पुनर्निर्माण प्राधीकरणको संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले असन्तुष्टि जनाउदै भने ‘यहि अवस्थामा राख्ने हो भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरिदिए हुन्छ ।’

संसदको विकास समितिको बैठकमा उनले प्राधीकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखा जत्ति पनि नरहेको भन्दै अहिलेकै ढंगबाट कुनै काम हुन नसक्ने बताएका छन् ।

प्राधिकरणमा जनशक्ति अभाव, योग्य मानिसको कमी रहेको भन्दै उनले दाताहरुले दिएको रकम निश्चित जिल्ला र गाउँ तोक्नुका साथै खर्च गर्ने क्षेत्रसमेत तोकेर आउने गरेको जानकारी दिए ।

पुनर्निर्माण प्राधिकरणको कार्यविधि र नियमावली पनि झन्झटिलो भएको भन्दै उनले आपति व्यक्त गरेका छन् ।